सगरमाथा जलविद्युत कम्पनीले गत माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा विदेशमा रहेका श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन पाउने बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले जनाएको छ। मागबमोजिम आवेदन नपरेकोले स्थानीयका लागि भने आवेदन दिने म्याद माघ २६ गतेसम्म थप गरिएको छ।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ११ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित इलाम जिल्लावासीलाई बिक्री खुला गरेको छ।
यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता निष्कासन गरेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमिा रहेका नेपालीले माघ १९ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।

Online Arthik










