जीवन विकास लघुवित्त वित्तीय संस्थाले आज एक सूचना प्रकाशित गरी प्रतिसेयर आम्दानी (ईपीएस), मूल्य आम्दानी अनुपात (पीई रेसियो), प्रतिसेयर नेटवर्थ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य सच्चाएको छ। जसअनुसार यी सूचकहरु क्रमशः ५१.२० रुपैयाँ, ५६.४४ गुणा, २९५.९४ रुपैयाँ र २४४२.२६ रुपैयाँ रहेको संस्थाले जनाएको छ।

यसअघि आइतबार प्रकाशित वित्तीय विवरणमा प्रतिसेयर आम्दानी (ईपीएस), मूल्य आम्दानी अनुपात (पीई रेसियो), प्रतिसेयर नेटवर्थ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य क्रमशः ४८.७० रुपैयाँ, ५९.३४ गुणा, २९४.६९ रुपैयाँ र २५३४.९३ रुपैयाँ रहेको उल्लेख थियो।

भुलवश अन्यथा हुन गएकोले ती सूचकहरु सच्चाइएको संस्थाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया