
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफा तथा मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने २ करोड ३३ लाख ५४ हजार ५७९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने २ करोड २१ लाख ८५ हजार ९०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशतले हुन आउने ११ लाख ६७ हजार ६७९ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ।