नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ग्लोबल आइएमई बैंकको सेयर कारोबार फुकुवा गरेको छ।
नेप्सेले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीचको मर्जर प्रक्रिया पूरा भई एकीकृत कारोबार सुरु भएपछि दुवै बैंकको सेयर कारोबार गत पुस २५ गतेबाट रोक्का गरेको थियो। धितोपत्र मिलान प्रक्रिया पूरा गरेपछि दुवै बैंकको सेयर ग्लोबल आइएमई बैंकको नाममा सूचीकरण भएसँगै सेयर कारोबार नेप्सेले फुकुवा गरेको हो।
आज सार्वजनिक बिदा परेको भोलि बुधबारबाट ग्लोबल आइएमई बैंकको सेयर कारोबारमा आउनेछ। जसअनुसार रोक्का फुकुवापछिको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता २०९.४२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

Online Arthik










