
योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने नबिल फ्लेक्सी क्याप फन्डका इकाइहरुको कारोबार आज फागुन ११ गतेबाट खुला गरिएको छ।
यो योजनाका इकाइरु काठमाण्डौको नक्सालस्थित नारायणचौरको सेन्ट्रलप्लाजामा रहेको नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमार्फत खरिदबिक्री गर्न सकिनेछ।
इकाइ खरिदका लागि आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काउन्ट खुला रहने योजना व्यवस्थापकले जनाएको छ। शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन भने कारोबार बन्द रहनेछ।
यो योजनाको कोष प्रवर्द्धकमा नबिल बैंक रहेको छ।