जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संशोधित लाभांशअनुसार अब २६ प्रतिशत बोनस शेयर रहेको छ भने ७.१५ प्रतिशत (कर प्रयोजनार्थसहित) नगद छुट्याइएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई लाभांश वितरणमा कडाइ गरेपछि लघुवित्तले यस्तो शंसोधन गरेको हो ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको लाभांश घटाएको छ । लघुवित्तले फागुन १९ गतेको बैठकबाट लाभांश संशोधन गरेको हो ।

यसअघि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको ३७.३६ प्रतिशत लाभांशलाई संशोधन गरेर ३३.१५ प्रतिशतमा झरिएको हो ।

 

फागुन ६ गते बसेको बैठकले २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । संशोधित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि वितरण गरिनेछ ।

 

तपाईको प्रतिक्रिया