बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनीले फागुन १८ गतेबाट सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

संस्थाले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको थियो। जसमा १० प्रतिशतले हुन आउने ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ।

संस्थाले जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने १ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी ८० हजार ९५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

सीडीएससीको तथ्यांकअनुसार आज बिहान ७ बजेसम्म यो आईपीओमा १३ लाख २९ हजार २२३ आवेदकबाट १ करोड ४६ लाख १० हजार १२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १८०.४८ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ८ हजार ९५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बार्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्छन्।

बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

 

तपाईको प्रतिक्रिया