हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठक वार्षिक साधारणसभा आउँदो चैत २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आयोजना गर्नेछ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २.७५ प्रतिशत बोनस सेयर र २.७५ प्रतिशत नगद लाभांश (करसहित) छन्।

सभाले बोनस सेयर वितरण जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावित पारित गर्नेछ।

सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ चैत ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

तपाईको प्रतिक्रिया