प्रतिइकाइ अंकित मूल्य १० रुपैयाँको कुल १२ करोड इकाइमध्ये १० प्रतिशतले हुन आउने न्यूनतम १ करोड २० लाख इकाइ कोष प्रवर्द्ध सिद्धार्थ बैंक र ५ प्रतिशतले हुन आउने ६० लाख इकाइ कोष व्यवस्थापक सिद्धार्थ क्यापिटललाई छुट्याइएको छ। बाँकी १० करोड २० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन पाउनेछन्। सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३’का इकाइहरु यही चैत २६ गतेबाट बिक्री खुला गरिने भएको छ।

 

लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड २० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

यस योजनाका इकाइहरुको निष्कासन बन्द छिटोमा चैत २९ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिसम्म मागबमोजिमको आवेदन नपरेको खण्डमा निष्कासन अवधि वैशाख १० गतेसम्म लम्बिन सक्ने योजना व्यवस्थापकले जनाएको छ।

यो १० वर्षे अवधिको बन्दमुखी योजना हो।

 

तपाईको प्रतिक्रिया