प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् ।

नेपाल बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संयुक्त क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

प्राधिकरणले जीवन बीमा कम्पनीहरको लागि यहि चैत मसान्तभित्र ५ अर्ब चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिए पछि यी दुई कम्पनी मर्जरका लागि सहमत भएका थिए। दुई कम्पनी बिच असार ३० गते मर्जरको सम्झौता भएको थियो । तर भारतीय विमांकीबाट मूल्यांकन प्रतिवेदन आउन ढीला भएकाले एकीकृत कारोबारमा केही ढीलाई भइरहेको छ ।

मर्जरमा केही ढीलाई भए पनि संयुक्त क्यालेन्डर निकालेर कम्पनीले मर्जर सम्पन्न हुने विश्वास दिएको छ ।

 

तपाईको प्रतिक्रिया