एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको आज बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको धरानस्थित होटेल गजुरमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कुल १४.७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले संस्थापक एनआईसी एसिया बैंकको सञ्चालक समितिबाट मनोनित प्रतिनिधि सञ्चालकहरु सन्तोषकुमार राठी र दिनेश भारीलाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गर्ने निर्णय अनुमोदन गर्नेछ।
संस्थाको प्रबन्धपत्र र नियमावलीमा समसामयिक थप वा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो वैशाख १ गतेदेखि वैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










