कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ४.६४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२३ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया