
सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौता सम्पन्न भएको छ । २०७९ चैत्र २० गतेदेखि लागू हुने गरी प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
सम्झौतापत्रमा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाई र प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।
सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।