
ग्लोबल हाईड्रोपावर एसोशिएट्स, मेगा क्यापिटल मार्केट्स तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच त्रिपक्षिय सम्झाैता भएकाे छ ।
ग्लोबल हाईड्रोपावर एसोशिएट्सले निष्काशन गर्न लागेको ५८ कराेड ६० लाख सेयर पूँजी बराबरकाे १०० रुपैयाँ दरकाे ५८ लाख ६० हजार कित्ता साधारण सेयरकाे प्रत्याभुती गर्न सम्झाैता भएकाे हाे ।
कार्यक्रमका बीच एसोशिएट्सका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मार्केट्सका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।