साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ चयन भएका छन् । कम्पनीको चैत २६ गते बसेको संचालक समितिको बैठकले संचालक श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।श्रेष्ठले विगत ८ वर्षदेखि कर्पोरेशनको संचालकको रुपमा आफ्नो कार्य गर्दै आएका थिए । उनले मोरङ्ग सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको रुपमा पनि योगदान गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया