निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाका अवसरमा अग्रवाल निर्यात कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने शिवशक्ति घिउ उद्योग प्रालिका कार्यकारी निर्देशक सन्दीपकुमार अग्रवाल करदाताका रुपमा सम्मानित भएका छन्।

 

मंगलबार काठमाण्डौमा आयोजित महासंघको ५७औँ वार्षिक साधारणसभा उद्घाटनसत्रमा शिवशक्ति घिउ उद्योगलाई निर्याततर्फको सबैभन्दा ठूलो करदाताका रुपमा सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकारी निर्देशक अग्रवाललाई उक्त सम्मान हस्तान्तरण गरेका थिए।

शिवशक्ति घिउ उद्योग प्रशोधित तेल उत्पादन र निर्यातमा संलग्न छ। अग्रवाल बुधबार हुने महासंघको निर्वाचनमा कार्यकारिणी सदस्य उम्मेदवार पनि हुन्

 

तपाईको प्रतिक्रिया