नयाँ वर्षको उत्साह थपिए सँगै मनकामना केबलकारमा यात्रुको सँख्या पनि थपिएको छ। मनकामना केवलकारमा शुक्रबार एकै दिन १० हजार यात्रुले यात्रा गरेका छन्। यो कोभिडपछिको सबैभन्दा बढी यात्रु हो। कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले कोभिडपछि सबैभन्दा बढी यात्रु आएको बताउँदै नयाँ वर्षमै उत्साह थपिएको जानकारी दिए। कोभिड अघि सबैभन्दा बढी १० हजार ८ सयले मनकामना केवलकार चढेका थिए।
आन्तरिक पर्यटकका कारण यो सम्भव भएको हो,’ उनले बिजमाण्डूसँग भने। उनका अनुसार चैतसम्म साढे ७ लाख यात्रुले मनकामना केवलकार चढेका थिए।
कम्पनीले यो केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ। केबलकारको टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहेको छ भने यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार रहेको छ।