धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले काठमाण्डौको बत्तीसपुतलीस्थित काजीको किचेनमा दोल्ती पावर कम्पनीको आईपीओ आज वैशाख ८ गते बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ३ बजे राखिएको थियो।

यो कम्पनीले गत चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका १२ लाख ७१ हजार ८६१ कित्तामा बिक्री खुला गरेको थियो।

यसअघि सर्वसाधारणलाई जारी हुनेमध्ये १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ भने ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो।

यो आईपीओमा १३ लाख ८३ हजार ७२४ आवेदकबाट परेको कुल १ करोड ५२ लाख ६७ हजार ३६० कित्ता माग भएको थियो। त्यसमध्ये १२ लाख ६८ हजार ९४६ आवेदकबाट परेको १ करोड ३५ लाख ५४ हजार १३० कित्तामात्रै सदर भएको छ भने १ लाख १४ हजार ७७८ आवेदकबाट परेको १७ लाख १३ हजार २३० कित्ता रद्द तथा बदर भएको छ। यो हिसाबले सदर आवेदकमध्ये ११ लाख ४१ हजार ७६० आवेदकको हात खाली भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी १ लाख २७ हजार १८६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन्।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा आईपीओ जारी गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धको वेबसाइट तथा मेरो सेयरको iporesult.cdsc.com.np मा गएर हेर्न सकिन्छ।

 

 

तपाईको प्रतिक्रिया