नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको लागि नेपाल धितोपत्र बोर्डमा दोस्रो आवेदन परेको छ । ‘नेशनल स्टक एकसचेन्ज’को नामबाट दोस्रो आवेदन परेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

गैरआवासीय नेपाली तथा नेपालकै केही व्यापारिक घरानाको लगानी रहने गरी नेशनल स्टक एक्सचेन्जको नाममा दोस्रो आवेदन परेको हो ।

दीपक तिमल्सिनाको नेतृत्वमा दर्ता भएको उक्त कम्पनीमा एनआरएनहरुको लगानी रहेको छ । कम्पनीमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने तथा हालका अध्यक्ष कूल आचार्य, बद्री केसी लगायतको लगानी रहेको छ ।

यस्तै नेशनल स्टक एक्सचेञ्जमा केडिया समूहको पनि लगानी छ । मनोज केडिया, अग्नी प्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ लगायत व्यवसायिक घरानाको समेत लगानी रहेको छ ।

 

तपाईको प्रतिक्रिया