महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकको १० वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११% महालक्ष्मी डिबेञ्चर–२०८९’ नामक ऋणपत्र वैशाख १२ गते बाँडफाँड गरिएको हो ।

बैंकको अंकित मूल्य १००० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ताले हुन आउने १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको तथा ४० प्रतिशत अर्थात् ४ लाख कित्ता ऋणपत्र (सो मध्ये ५ प्रतिशत अथाृत २० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारण नेपालीहरुको लागि चैत २९ गतेदेखि वैशाख ४ गतेसम्म निष्काशन गरिएको सो अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई बाँडफाँग गरिएको हो ।

साथै बाँडफाँडमा परेको ऋणपत्रहरुको विवरण सर्वसाधारणहरुको हकमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित  https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ । साथै व्यक्तिगत तवरबाट आवेदन दिनेहरुको हकमा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको वेबसाइट  https://www.nicasiacapital.com/मार्फत हेर्न सकिनेछ ।

 

 

तपाईको प्रतिक्रिया