आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीचको मर्जरलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अन्तिम स्वीकृति दिएको छ ।
दुई कम्पनीको वैशाख ३ गतेको पत्रानुसार सेबोनले संगठित संस्था गाभ्न गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिको लागि निवेदन दिएबमोजिम यी दुई कम्पनीलाई एकआपसमा मर्ज गर्न अन्तिम सहमति प्रदान गरेको हो ।

बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम यी दुई कम्पनीलाई मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यी दुई कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । यी दुबै कम्पनीले ‘आइजीआई पु्रडेन्सियल इन्स्योरेन्स’को नामबाट आगामी वैशाख अन्तिम सातादेखि एकीकृत कारोबार सुरु गर्ने तयारी गरेको छ ।

दुई कम्पनीबीच भएको सहमतिअनुसार मर्जरपछि बन्ने कम्पनीको अध्यक्ष र सिइओ दुवै आइएमई जनरल इन्स्योरेन्सका हुनेछन् । यससँगै नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सिइओ युगेश भक्त बादे श्रेष्ठ नै बन्नेछन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ) बन्नेछन् ।

 

तपाईको प्रतिक्रिया