यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौतामा दुई कम्पनीले हस्ताक्षर गरेका हुन् ।

इड्रोपावरले ३६ लाख ६७ हजार कित्ता शेयर निष्काशन गर्नका लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाएको छ । हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका ३६ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने तयारीमा रहेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरका तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्य ले हस्ताक्षर गरेका छन् । यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणाधिन ९० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।

तपाईको प्रतिक्रिया