सनराइज बैंक सञ्चालक समितिको जेठ ८ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले सनराइज बैंक र लक्ष्मी बैंक आपसमा गाभिने (मर्जर)सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ।
सभलो मर्जर प्रयोजनका लागि मूल्यांनकर्ताले तयार गरेको बैंकको चल तथा अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात र अन्तिम सम्झौतापत्र अनुमोदन गर्नेछ।
मर्जर सम्बन्धमा गरिने अन्तिम सम्झौतापत्र तथा अन्य सम्बद्ध सम्झौताहरुको सभाले अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
यी दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन्। मर्जरपश्चात बन्ने बैंकको नाम ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ रहने र प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी बैंकका अजयविक्रम शाह हुने सहमति भएको छ।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २२ गतेसम्म कायम रहने सेयरधनीमात्र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










