एसियन हाइड्रोपावर कम्पनी सञ्चालक समितिको बुधबार (जेठ १० गते) बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको द इन्ट्रान्स क्याफेमा बिहान ११ बजेबाट हुनेछ।

सभाले नियमावलीमा रहेका विभिन्न नियममा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। नियमावली संशोधनमा नियमनकारी निकायबाट निर्देशन भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही जेठ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ यही जेठ १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

 

तपाईको प्रतिक्रिया