
एसियन लाइफ इन्स्योरेन्सको २४ हजार ८७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
खरिद आवेदन ३५ दिनभित्र दिनुपर्नेछ। इच्छुक संस्थापक सेयरधनीहरुले तोकिएको मितिभित्र काठमाण्डौको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या दररेटसहित खरिद आवेदन दिन सक्नेछन्।
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित नियमानुसार निवेदकको मागबमोजिम नामसारीका लागि सिफारिस अघि बढाइने कम्पनीले जनाएको छ।