धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सलले विदेशमा रहेका नेपाली श्रमिकका लागि जारी नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।कम्पनीले गत वैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको थियो।
यो आईपीओमा विदेशमा रहेका २० हजार ७९१ नेपाली श्रमिकबाट कुल ६ लाख ८८ हजार ३७० कित्ता सेयर माग भएको थियो। जसमा २० हजार ७८५ आवेदकबाट परेको ६ लाख ८८ हजार १५० कित्ता सेयर सदर भएको छ भने ६ आवेदकबाट परेको २२० कित्ता सेयर बदर भएको छ।
यो आईपीओमा १० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने २० हजार ७८५ आवेदक, २० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने १६ हजार ५९५ आवेदक र ३० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने ६ हजार १५० आवेदकलाई १०–१० कित्ताका दरले कुल ४ लाख ३५ हजार ३०० कित्ता सेयर बाँडफाँड गरिएको मेगा क्यापिटलले जनाएको छ।

 

तपाईको प्रतिक्रिया