नासा सेक्युरिटिज कम्पनीले असार १५ गते शुक्रबारदेखि पोखरा-८ न्यूरोडस्थित न्युरोड कम्प्लेक्सको तेस्रो तल्लामा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।
एक समारोहका बीच शाखा कार्यालयको उद्घाटन नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले गरेका छन्।
कार्यक्रममा पोखरा शाखा प्रबन्धक सागर सेढाईंले अन्य स्थानहरुमा जस्तै नासाले पोखरामा पनि राम्रो सेवा दिने बताए।
उनले शाखा कार्यालयमार्फत धितोपत्र खरिदबिक्री, डिपी सेवा तथा मार्जिन ट्रेडिङको सेवा प्रदान गर्ने जानकारी पनि दिए।
यसअघि नासाले काठमाडौंको मुख्य कार्यालय तथा वीरगंञ्ज र जनकपुर शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ।

Online Arthik










