सिनर्जी पावरले हकप्रद सेयर निष्कासनका लागि भोलि साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयर भर्न योग्य हुनेछन्।

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले सिनर्जी पावरलाई चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति दिएको छ। जसअनुसार कम्पनीले अब ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बढीको हकप्रद जारी गर्नेछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ।

सिनर्जी पावरको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

 

तपाईको प्रतिक्रिया