
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले धितोपत्र निष्कासन नियमावली, २०८० संशोधन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेको हो।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ अनुसार धितोपत्र बोर्डलाई धितोपत्र निष्कासन नियमावली, २०८० संशोधन गर्न सरकारले स्वीकृत प्रदान गरेको छ।
उक्त नियमावली संशोधन गर्न धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पेस गरेको थियो। अर्थ मन्त्रालयले त्यसमा अध्ययन गरेर आजको मन्त्रिपरिषद्को बैठकमा स्वीकृतिका लागि पेस गरेको हो।
अर्थ मन्त्रालयले प्रस्तावलाई सरकारले स्वीकृति प्रदान गरेको हो।
अर्थ मन्त्रालयबाटै पेस गरेको अर्को प्रस्ताव धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी यान ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृति गर्ने निर्णय पनि सरकारले गरेको छ।