काठमाण्डौ महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमीलाई रकममा भारी छुट दिने भएको छ।

महानगरपालिकाले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।

काठमाण्डौ महानगरपालिका आर्थिक ऐन–२०८०मा ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमी रकममा ४० प्रतिशत छुट दिने व्यवस्था रहेको महानगरले जनाएको छ।

समयमै कर तिरेर छुट लाभ लिन पनि महानगरले आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया