माई खोला हाइड्रोपावर कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले कम्पनीको वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले कम्पनीको पुँजी वृद्धि गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ। त्यसका लागि १ः१ को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। जसअनुसार कम्पनीले चुक्तापुँजीको ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभा पेस गर्नेछ।
सभाले अन्य कम्पनीमा लगानी गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
कम्पनीमा संस्थापकबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने २ र एकजना स्वतन्त्र सञ्चालकको निर्वाचन सभाले गर्नेछ।
सभाले आर्थिक वर्ष २०७९–८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो असोज ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ४ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

Online Arthik










