सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारणसभा आज सम्पन्न भएको छ । क्यापिटलको सभा सिटिसी मल, सुन्धारा, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने÷प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) १००:३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीको विशेष साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने सेयरधनीहरु प्रति धन्यवाद समेत व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया