भदौको लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाउँदा केही बैंकले भने घटाएका छन् । निक्षेपमा भद्र सहमतिको नाममा बैंकर्स संघले ब्याजदर तोक्दै आएकोमा १ साउनबाट उक्त सहमति खारेज गर्दै वाणिज्य बैंकहरुले आफैं तोक्न सुरु गरेका थिए । केही बैंकले तोकेको ब्याजदर विकास बैंकहरुको अधिकतम ब्याजदरभन्दा बढी छ भने उनीहरुको प्रतिस्पर्धा वित्त कम्पनीहरुसँग देखिएको छ ।

ब्याजदरको सिण्डिकेट खारेजीसँगै खुल्ला बजारलाई छाडिएपछि धेरै लामो समयको अन्तरालपछि निक्षेपको ब्याजदरमा केही वाणिज्य बैंकहरुको प्रतिस्पर्धा वित्त कम्पनीसँग हुने देखिएको हो । त्यस्ता बैंकहरुले तोकेको ब्याजदर विकास बैंकहरुले तोकेको अधिकतम दरभन्दा बढी समेत देखिएको छ।

विकास बैंकहरुले असोजका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत कायम गरेका छन् भने संस्थागतको ९ प्रतिशत रहेको छ ।

यस्तै, केही फाइनान्स कम्पनीको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११.७५ र संस्थागतको ९.७५ प्रतिशत रहेको छ ।

विकास बैंकहरुलाई पछाडि पार्दै वित्त कम्पनीसँग प्रतिस्पर्धा गर्ने गरी केही बैंकले ब्याजदर बढाएका हुन् ।

 

तपाईको प्रतिक्रिया