नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको १९ लाख ७९ हजार ४२४ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन पेस गर्न सक्छन्।

बिक्रीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको सेयर संख्या तथा आफूले कबोल गरेको प्रतिकित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्दछ।

आवेदन कात्तिक १० गते अपराह्न २ बजेसम्म दिन सकिनेछ। आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा पेस गर्न सकिनेछ।

 

तपाईको प्रतिक्रिया