लामो समयदेखि सेयर बजारको ‘हटकेक’को रुपमा रहेको हिमालयन डिस्टीलरीको अहिले पनि दोश्रो बजार मूल्य प्रतिकित्ता १९०० भन्दा माथि नै छ ।
निकै लोभलाग्दो लाभांश इतिहास बनाएको यो कम्पनीको सेयर होल्ड गरेर बस्नेहरु हजारौं छन् । विगतको जस्तै लाभांश निरन्तर होला भनेर आशा गर्नेहरुको संख्या पनि उत्ति नै छ ।
पछिल्लो समय लगानीकर्तामा हिमालयन डिस्टीलरीले यो वर्ष कस्तो लाभांश घोषणा गर्ला भन्ने पनि चासो देखिन्छ ।
लामो समयदेखि बजारको ब्लुचिप स्क्रिप्टको रुपमा रहेको यो कम्पनीले यो वर्ष कति लाभांश घोषणा गर्ला ? लाभांशमा बोनस सेयर वा नगद केले प्राथमिकता पाउला ?
हिमालयन डिस्टीलरीको चुक्तापूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । रिजर्भमा ९२ करोड ३३ लाख भन्दा बढी छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा यो कम्पनीले ६६ करोड बढी खूद नाफा आर्जन गरेको छ ।
सो अवधिसम्मको प्रतिसेयर आम्दानी २७.१७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ छ ।
समीक्षाभन्दा अघिल्लो आर्थिक वर्षको तुलनामा यो कम्पनीको आम्दानी ह्वात्तै घटेको छ । जसका कारण अघिल्लो वर्ष ४३.५० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी खुम्चिएर २७.१७ रुपैयाँमा सीमित बन्न पुगेको हो । यस हिसाबले समेत यो कम्पनीले आर्थिक वर्ष २०७९–८० का लागि उत्साहवद्र्धक लाभांश घोषणा गर्ने सम्भावना देखिन्न ।