
सिटिजन्स बैंकले गत असोज १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा आज असोज २१ गते र ढिलोमा आगामी कात्तिक १ गते बैंकिङ समयपछि भनिएको थियो।
मागबमोजिम आवेदन नपरेका कारण यो ऋणपत्रमा आवेदन दिने म्याद लम्ब्याइएको धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ। मागभन्दा बढी आवेदन प्राप्त भएमा अब कात्तिक १ गतेभन्दा अगावै सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने क्यापिटलले जनाएको छ।
बैंकले ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरमा कुल ३० लाख इकाइ बिक्री खुला गरेको छ।