चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ । साधारण सेयर निष्काशन गर्न विक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । चिरख्वा हाइड्रोपावर कम्पनीले भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा ४.७ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

हाइड्रोपावरले एक सय रुपैयाँ अंकित दरमा १२ करोड रुपैंयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको हो ।

उक्त शेयर निष्काशनका लागि आरबीबी मर्चेन्ट बैंकिङसँग संझौता समेत सम्पन्न गरिसकेको छ ।

उक्त सम्झौतापत्रमा चिरख्वा हाइड्रोपावर कम्पनीका सञ्चालक केदारनाथ कार्की र आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया