फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/ ०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।

फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले चुक्तापूँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९५६ रुपैयाँको १५ प्रतिशत लाभांश  वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको गत मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले ७.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनसहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीले प्राप्त  गर्ने छन् ।

 

तपाईको प्रतिक्रिया