राष्ट्रिय बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालको राजीनामा स्वीकृत भएको छ।

बरालले गत मङ्सिर १२ गते कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायसमक्ष प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए।

बरालको राजीनामा आज मङ्सिर १५ गतेबाट लागू हुने गरी सञ्चालक समितिको आज बसेको बैठकले स्वीकृत गरेको हो। बरालले व्यक्तिगत कारण देखाउँदै आफूले राजीनामा दिएको बताएका छन्।

बरालको राजीनामा स्वीकृत भएकै दिनदेखि लागू हुने गरी कम्पनीमा निमित्त सीईओको जिम्मेवारी कम्पनीका नायब सीईओ सुवास कोइरालालाई दिने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया