हिमालयन रिइन्स्योरेन्स लिमिटेडको साधारण सेयर आजबाट निष्कासन हुने भएको छ। अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँका दरले कम्पनीले सेयर खुला गरेको हो। सेयर बिक्री रोक्न माग गर्दै उच्च अदालत पाटनमा दायर रिटमा हिजो अन्तरिम आदेश जारी अस्वीकार भएसँगै आजबाट सेयर बिक्रीको खुलेको हो। कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई यसअघि नै सेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीले आज सूचना जारी गरि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने जनाएको छ। कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ।
कम्पनीका अनुसार सेयर खरिदका लागि आवेदन पुस १ गतेसम्म खुला रहनेछ । त्यो अवधिसम्म सेयर बिक्री नभए ढिलोमा पुस ११ गतेसम्मका लागि आवेदन खुला हुने जनाएको छ।
कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ छ। ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ।
हिमालयन रि निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हो।

Online Arthik










