पूर्वाञ्चल ल्युव आयल लिमिटेडले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २९ गते आइतबार हुने २४ औँ वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुन्दर हरैचा,विराटचोक मोरङमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव लगायत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेको हो ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ ।

 

तपाईको प्रतिक्रिया