माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहा जिल्लाको कर्जनहा स्थित श्री जनसेवा माध्यमिक प्राविधिक विद्यालयमा एकहप्ते व्यवसायिक सीपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ।

माध्यमिक तहका विद्यार्थीहरूमाझ व्यवसायीका र प्राविधिक ज्ञान एवं सीपको विकास गर्ने उद्देश्यले बैंकलेइन्जिनियर (विथ आउट बोर्डर) नामक संस्था सँगको सहकार्यमा व्यवसायिक सीपमुलक तालिम आयोजना गरेको हो। बैंकले (इन्जिनियर विथ आउट बोर्डर ) नामक संस्थासँग सहकार्य गरि एक सातासम्म स्कुल प्राङ्गणमा तालिम कार्यक्रम सञ्चालन गरि मिति २०८०-०९-०८ मा उक्त कार्यक्रम समापनको गरेको थिए।

उक्त समापन कार्यक्रममा बोल्दै नेपाल सरकार वन तथा वातावरण मन्त्री एवं बैंकका पूर्व अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले विद्यालय स्तर देखि नै विद्यार्थीमा व्यवसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरूले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने हुँदा यस्ता कार्यक्रमले विद्यार्थीको दक्षता वृद्धि गर्न सहयोग गर्ने बताउनु भए।

सोही कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालालाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि बैंकले शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानीय निकायहरू सँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भए।

एकसाता सम्म सञ्चालन भएको उक्त सीपमुलक तालिम कार्यक्रममा गोबर ग्यासबाट बायो ग्यास निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा उन बाट बनेका विभिन्न सजावटका सामानहरू बनाउने व्यवसायिक तालिम विद्यार्थीहरूलाई प्रदान गरिएको थियो।

 

तपाईको प्रतिक्रिया