महालक्ष्मी विकास बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिपेश लम्साल नियुक्त भएका छन् ।

बैंकको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई बैंकको कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई माघ १ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त गरिएको हो ।

लम्साल हाल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।

 

तपाईको प्रतिक्रिया