ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत छूट पाउने भएका छन् ।
क्रेडिट कार्ड बाहकहरुलाई लाभान्वित गर्ने गरी कम्पनीले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा आफ्नो क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छूट पाउनेछन् । उक्त छूट योजना माघ महिनाभरी मात्र लागू हुने कम्पनीले बताएको छ ।
जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा कम्पनीको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छूटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गरिनेछ । यो अफर हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरहरुमा उपलब्ध छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो ।कम्पनीले देशका ७७ वटै जिल्ला तथा तीन अन्तरराष्ट्रिय सम्पर्करवैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।