रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि भोलि( माघ १५ गते) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेपाल स्टक एक्सचेञ्चमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य ठहरिनेछन् ।
कम्पनीले आव वर्ष २०७९/८० का लागि हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लभांश(कर प्रयोजनका लागि ) गरी कुल १६.०८४ प्रतिशत लाभांशको घोषणा गरेको छ ।
कम्पनीके प्रस्तावित लाभांश कम्पनीको आगामी माघ २९ गते आयोजना हुने साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ ।

Online Arthik










