सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आवको सोहि अवधिको तुलनामा ११.५९ प्रतिशतले कम खुद मुनाफा आर्जन गरेको छ ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद मुनाफा २ करोड ३८ लाख रुपैयाँ थियो ।
वित्तीय संस्थाहरुको मुख्य आम्दानीको रुपमा रहेको खुद ब्याज आम्दानी भने ३८.७० प्रतिशतले बढेको छ । संस्थाको खुद ब्याज आम्दानी ३८ करोड ४५ लाख रुपैयाँ छ । संस्थाको इम्पेयरमेन्ट चार्जमा उल्लेख्य कमी आएको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज ९३.९४ प्रतिशतले घट्दै ८ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४.६२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.७७ प्रतिशत कायम भएको छ ।
संस्थाको सञ्चालन खर्च ३२.०३ प्रतिशतले बढेर १४ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म २ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गर्दा संस्थाले कर्जा प्रवाह भने ५ अर्ब ७२ करोड रुपेयाँ गरेको छ । संस्थाको रिटेन्ड अर्निङ र रिजर्भको आकार ३० करोड ४५ लाख रुपैयाँबराबरको रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १५.८४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २१४.३२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३५०.११ रुपैयाँ,मूल्य आम्दानी अनुपात ६७.५३ गुणा र तरलता अनुपात ११.७९ गुणा कायम भएको छ ।