कृषि विकास बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको बैंकले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाउने भएको हो । गत वर्ष आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट २ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया