नेपालमा विदेशी पर्यटकको आगमन बढेसँगै होटलहरुको नाफा बढेको छ । र्‍याडिसन होटल सञ्चालन गर्दै आएको ओरियन्टल होटल कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको समीक्षा अवधिको तुलनामा ४६ प्रतिशत बढेको छ ।

कम्पनीले डिसेम्बर ३१ (पुस १५) सम्मलाई दोस्रो त्रैमासिक अवधि मान्दै वित्तीय विवरण सार्वजनिक गरेको हो । वित्तीय विवरणअनुसार जुलाइदेखि डिसेम्बरसम्म कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड ६५ लाख रुपैयाँ थियो ।

 

तपाईको प्रतिक्रिया