मनोविद् भगवती भट्टराई अन्तर्राष्ट्रिय एक बोर्डबाट एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता प्राप्त गरेकी छन्। उच्च शिक्षा तथा लामो अवधिको अनुभव भएका विशेषज्ञहरूको क्षमता परीक्षण गरी विभिन्न उपाधि प्रदान गर्ने अन्तर्राष्ट्रिय बोर्ड आईबीसीसीईएसले भट्टराईलाई यो मान्यता प्रदान गरेको हो। यस बोर्डले अमेरिकाका सरकारी अधिकारी तथा विशेषज्ञहरूका साथै संसारभरिबाटै मापदण्ड पूरा गर्न सक्ने विशेषज्ञहरूलाई प्रमाणीकरण गर्दै आएको छ। भट्टराई नेपाल एकेडेमी अफ साइकोलोजीकी अध्यक्ष हुन्। उनी विगत २० वर्षदेखि अटिजम भएका बालबालिकाको थेरापी, शिक्षण, पालनपोषण तथा व्यवस्थापनमा सक्रिय छिन्।