सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । यस फाइनान्सको शुक्रबाट (फागुन ४ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । फाइनान्सले आर्थिक वर्ष २०७८–७९ मा भने ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया